शनिबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले रोमाञ्चक जित हात पार्यो।
नन्दन यादवको किफायती बलिङमा कर्णाली याक्सले लगातार दोस्रो जित दर्ता गरेको हो। कर्णाली याक्ससँग विराटनगर ७ रनले पराजित भयो।
यसअघिको खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले तेस्रो जित हासिल गरेको थियो।
सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पार्दा लुम्बिनीले भने लगातार तेस्रो हार बेहोरेको छ।
शनिबारका यी दुवै खेलमा यसअघि जस्तै त्रिवि क्रिकेट मैदानमा दर्शकहरू खचाखच थिए। आ–आफ्नो समर्थक टिमलाई जिताउन दर्शकहरू चर्को हुटिङ गर्नुका साथै टिमको खुशीमा खुशीयाली मनाइरहेका देखिन्थे।
शनिबारको खेललाई ड्रोन क्यामेराबाट कैद गर्दा त्रिवि क्रिकेट मैदानको अवस्था रोचक देखिएको छ।
हेरौँ तस्बिरहरू






Shares

प्रतिक्रिया