खेल


काठमान्डुका प्रशिक्षक वसन्त शाही भन्छन्- पिचलाई बुझ्न गल्ती गर्‍यौँ

काठमान्डुका प्रशिक्षक वसन्त शाही भन्छन्- पिचलाई बुझ्न गल्ती गर्‍यौँ

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १८:३६, काठमाडौँ

काठमान्डु गुर्खाजका प्रशिक्षक वसन्त शाहीले सुदूरपश्चिमको लक्ष्य चेज गर्ने अनुमान गरिए पनि पिचलाई बुझ्न गल्ती भएको बताएका छन्। 

सुदूरपश्चिमसँग फराकिलो हारपछि काठमान्डुका प्रशिक्षक शाहीले अघिल्लो दिन दोस्रो इनिङ पिचमा राम्रोसँग बाउन्स भएकाले आज पनि राम्रो हुने अनुमान गरेको तर पिच आफूले अनुमान गरेजस्तो नभएको उल्लेख गरे।

बलिङमा आफूले कमब्याक गर्दा आफ्नो ब्याटिङमा पनि सहज नहुने हो कि भन्ने लागेको उनको भनाइ थियो। जितनजिक पुगेर हार्नुभन्दा राम्रो ब्याटिङ गर्दै जाने लक्ष्य भएकाले १२ रनमा नै ६ विकेट पतन भएको शाहीले बताए।

दुई खेल हारेकाले आगामी खेलमा केही चुनौती हुने उनको स्वीकारोक्ति छ। तथापि, बाँकी खेलमा सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको प्रशिक्षक शाहीले सुनाए।

सुदूरपश्चिम रोयल्सका लागि पाँच विकेट लिएका नरेन साउदले प्रशिक्षक जगत टमटा र कप्तान दीपेन्द्रसिंह ऐरीले लाइन एन्ड लेन्थमा बलिङ फाले खेल जिताउँछौ भनेर प्रेरणा दिएको उनले सम्झिए। प्रशिक्षक र कप्तानको भरोसाअनुरूप विकेट पनि प्राप्त भएको भन्दै उनले त्यसका लागि धन्यवाद दिए।

यु–१९ एसिया कपबाट फर्किएको दिन नै पहिलो खेलमा जिताएर म्यान अफ दि म्याच पाउनेछु भन्ने विश्वास रहेको उनको भनाइ थियो।

नरेनले यु–१९ एसिया कपबाट खेलेर आउँदा एनपीएलमा मद्दत पनि मिलेको अनुभव सुनाए। इरासमसको छक्कापछि उनको नै विकेट लिँदा धेरै नै खुसी मिलेको उनको अनुभुति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad