काठमान्डु गुर्खाजविरुद्ध खेलिरहेको सुदूरपश्चिम रोयल्सले लगातार दुई विकेट गुमाएको छ।
११ ओभरको अन्तिम बलमा म्याकमुलेन ५३ रन र १२औँ ओभरको पहिलो बलमा विनोद भण्डारी ३५ रनमा आउट भएका हुन्।
इरासमसको बलमा साहव आलको हातबाट म्याकमुलेन क्याचआउट हुँदा भण्डारी साहवको बलमा एलबीडब्लु धरापमा परेका हुन्।
कुल ३ विकेट गुमाएको सुदूरपश्चिम १४औँ ओभर जारी रहँदा १११ रन बनाएर खेलिरहेको छ।
33
Shares

प्रतिक्रिया