फ्रान्सेली स्टार केलिय एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुक्दा रियल मड्रिडले ला लिगामा दोस्रो हार बेहोरेको छ।
एथ्लेटिक क्लबमा भएको रोमाञ्चक भिडन्तमा जुड बेलिङ्घमले गोल गरे पनि रियल मड्रिडलाई दोस्रो हारबाट जोगाउन पर्याप्त भएन।
इङ्ल्यान्डका मिडफिल्डरले ७८औँ मिनेटमा कार्लो एन्सेलोटीको टोलीलाई बराबरीमा पुर्याए।
यद्यपि, एथ्लेटिक क्लबले त्यसको दुई मिनेटमै गोल गरी विजयी हासिल गर्यो।
फेडेरिको भाल्भर्डेको एक गल्तीमा पाएको मौकालाई गोर्का गुरुजेटाले सहजै गोलमा परिणत गरिदिए।
बेलिङ्घमले बराबरी गर्नुअघि अगिररेजाबालाले एन्टोनियो रुडिगरलाई फाउल गरेपछि रियल मड्रिडले पेनाल्टीको अवसर पाएको थियो। तर यसअघि लिभरपुलविरुद्धको च्याम्पियन्स लिगमा जस्तै एम्बाप्पेको प्रहार विफल बनाएका थिए।
एम्बाप्पे रियल मड्रिडमा सुरुदेखि नै राम्रो लयमा छैनन्। उनले रियलमा १० गोल गरेका छन्। अझै राम्रो गर्ने प्रयास गरिरहेको भन्दै प्रशिक्षक एन्सेलोटीले बचाउ गरे।
यो खेलमा ब्राजिलियन स्टार भिनिसियस जुनियर चोटका कारण मैदानबाहिर थिए।
ला लिगा सिजनको दोस्रो पराजयसँगै एन्सेलोटीको टोली शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा चार अंकले पछि परेको छ। यद्यपि उसले एक कम खेलेको छ। बार्सिलोनाले ३७ अंक जोड्दा रियलसँग ३३ अंक छ। एथ्लेटिको मड्रिड ३२ अंकसहित तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया