खेल


शिखर धवनको आक्रामक ब्याटिङमा काठमाडौँसामु १५० रनको लक्ष्य प्रस्तुत

शिखर धवनको आक्रामक ब्याटिङमा काठमाडौँसामु १५० रनको लक्ष्य प्रस्तुत

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १०:४१, काठमाडौँ

शिखर धवनको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँँ गुर्खाजसामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।

शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे। धवनले ५१  बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।

सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रामक प्रर्दशन गरेको थियो।

चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट भए। 

बाबर हायतले १३ र गुल्सन झा ले १२ रन थपे। अर्जुन घर्ति ४ रन बनाउँदै बोल्ड आउट भए।

ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे। 

काठमाडौँका जेहार्ड इरासमसले २ विकेट लिए। करण केसी, नाथन साउटर र दिपेश कडेलले समान एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad