ad ad

खेल


ला लिगा भ्यालेन्सियाका ५ खेलाडीलाई कोरोना संक्रमण

ला लिगा भ्यालेन्सियाका ५ खेलाडीलाई कोरोना संक्रमण

नेपालखबर
चैत ३, २०७६ सोमबार २:४०,

स्पेनिस क्लब भ्यालेन्सियाका ५ खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

ती पाँचै खेलाडीको अहिले ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ।

उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ला लिगाका खेलाडी भ्यालेन्सिया तथा अर्जेन्टिनाका डिफेन्डर एजेकिएल गाराईलाई सबैभन्दा कोरोना संक्रमण भएको थियो। उनलाई संक्रमण पुष्टि आइतबार भएको हो।

सोही दिन भ्यालेन्सियाका सेन्टर–ब्याक एलियाकिम मांगालालाई पनि कोरोना संक्रमण भएको छ।

आफू अहिले सेल्फ आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .