खेल


एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार

एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १३:४३, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल उद्घाटन क्रममा आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार राशि घोषणा गरेको हो।

जसअनुसार विजेताले १ करोड १० लाख पाउनेछ भने उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ। 

यस्तै तेस्रो हुनेलाई ३० लाख र चौथो हुने टोलीलाई २० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ।

अहिले उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किंग्स भिडिरहेका छन्। 

एनपीएलमा जनकपुर र विराटनगरसँगै पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज्, लुम्बिनी लायन्स र कर्णाली याक्स गरी ८ फ्रेन्चाइज टोली सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad