खेल


एनपीएलः जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

एनपीएलः जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १४:१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई जितका लागि विराटनगर किंग्सले १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १ सय २७ रन बनाउँदा अलआउट भयो। 

विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रनको योगदान दिए। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। गप्टिल १४औँ ओभरको अन्तिम बलमा हर्ष ठाकेरको बलमा अनिल शाहको हातबाट क्याच आउट भए। गप्टिलले १३औँ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो। अ‍ोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिर्दै लोकेशलाई पेभेलियनको बाटो देखाए।

नवौँ ओभरको दोस्रो बलमा अकिब इलियास १५ रन बनाउँदा आउट भए। जनकपुरका मोहम्मद मोहसिनले अकिब इलियासलाई एलबीडब्लु धरापमा पारे।

१२औँ ओभरको अन्तिम बलमा निकोलस किर्तन ९ रन बनाउँदा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। बसिर अहमद र सन्दीप लामिछाने समान ७ र राजेश पुलामी १ रनमा आउट भए। प्रतिश जिसी २ रनमा बोल्ड आउट भए। जितेन्द्र मुखिया शून्य रनमै बोल्ड आउट भए। 
किशोरले १८औँ ओभरको तेस्रो बलमा सन्दीप र चौथो बलमा जितेन्द्र मुखियालाई आउट गराए। 

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। हर्ष ठाकेर र किशोर महतोले समान २ विकेट झारे। मोहम्मद मोहसिन र वेन माइकले समान एक विकेट आफ्नो नाममा गरे। 

जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad