नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सका मार्टिन गप्टिलले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक हानेका हुन्।
उनले १३औँ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
विराटनगरले १३औँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ८६ रन बनाएर खेलिरहेको छ।
विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो।
अोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिर्दै लोकेशलाई पेभेलियनको बाटो देखाए।
नवौँ ओभरको दोस्रो बलमा अकिब इलियास १५ रन बनाउँदा आउट भए। जनकपुरका मोहम्मद मोहसिनले अकिब इलियासलाई एलबीडब्लु धरापमा पारे।
१२ औँ ओभरको अन्तिम बलमा निकोलस किर्तन ९ रन बनाउँदा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए।
Shares

प्रतिक्रिया