नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँमा जारी उद्घाटन खेलमा विराटनगरको पहिलो विकेट झरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको हो।
अोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिँदै लोकेशलाई पेभेलियनको बाटो देखाए।
मार्टिन गप्टिल शून्य रनमा नटआउट छन्। क्रिजमा अकिल इलियास आएका छन्।

105
Shares

प्रतिक्रिया