राजनीति


यति तल झरेर झुटो बोलेको देख्दा गगनजीप्रति मलाई दया लागेको छः प्रचण्ड

यति तल झरेर झुटो बोलेको देख्दा गगनजीप्रति मलाई दया लागेको छः प्रचण्ड

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १३:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूविरुद्ध झुट कुरा बोलेको आरोप लगाएका छन्। 

कांग्रेस महामन्त्री थापाले आफ्ना सभापति शेरबहादुर देउवालाई प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भनी गरेको दाबी झुट भएको प्रचण्डले बताएका हुन्।  

शनिबार खुमलटारमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले एउटा सम्भावना बाकेको युवा नेता गगनले यति तल झरेर झुट बोल्लान् भनेर आफूले कल्पनै नगरेको टिप्पणी पनि गरे।  

‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन। योभन्दा सफेद झुट अरू केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा। अब तपाईंहरूले सोधिहाल्नुभयो’, पत्रकारको जिज्ञासामा जवाफ दिँदै प्रचण्डले भने, ‘गगन थापालाई मैले एउटा युवा नेताको रूपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो। अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो!’

माओवादी अध्यक्ष प्रचण्डले गगनले भनेको कुरा शतप्रतिशत झुटो भएको दाबी गरे। 
‘मैले भनेकै छैन, बरु भन्दा पनि भन्दिनँ। मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ। सरकार तपाईंहरु ०८४ सम्म नै चलाउनुस् भनेको छु’, उनले भने, ‘मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad