खेल


नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि

एनपीएलका लागि तयार पारिएको त्रिवि क्रिकेट मैदान


नेपालखबर
मंसिर १५, २०८१ शनिबार ७:२२, काठमाडौँ

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) देखि काठमाडौँमा हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।

उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्। 

खेल सुरुअघि उद्घाटन समारोह हुनेछ। 

एनपीएलको ट्रफी भने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।

उद्घाटन खेलका लागि सबै १० हजार टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। जसको दर साधारणतर्फ ३ सय र भीआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको थियो। 

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कले गर्नेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।

एनपीएल खेल्न त्रिवि क्रिकेट मैदान आकर्षक बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad