खेल


जनकपुरको कप्तानी जिम्मेवारी पाएपछि अनिलले भने : आशिफसँग मिलेर रणनीति बनाउँछु

जनकपुरको कप्तानी जिम्मेवारी पाएपछि अनिलले भने : आशिफसँग मिलेर रणनीति बनाउँछु

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १९:५९, काठमाडौँ

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्।

एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। एनपीएलमा सहभागी टोलीले आफ्नो मार्की खेलाडीलाई नै कप्तानी जिम्मेवारी दिँदा जनकपुरले भने टोलीका अर्का खेलाडीलाई त्यो जिम्मेवारी दिएको छ।

जनकपुरको मार्की खेलाडी राष्ट्रिय टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख हुन्। तर टोलीले कप्तानी जिम्मेवारी भने राष्ट्रिय टोलीकै अनिल शाहलाई दिएको छ।

एनपीएल अघिको पत्रकार सम्मेलनमा सबै टोलीका मार्की खेलाडी कप्तानको रुपमा आउँदा जनकपुरबाट अनिल आएका थिए।

पत्रकारले कप्तानीका सम्बन्धमा कुनै प्रश्न नगरेपनि अनिलले आफूले पाएको जिम्मेवारीका बारेमा प्रष्ट पारेका थिए।

अनिलले भने, ‘जरुरी छैन की मार्की खेलाडी भएपछि कप्तान नै हुनुपर्छ भन्ने। म र आशिफ जो कप्तान भएपनि टोलीलाई केही फरक पर्दैन। म घरेलु मैदानका खेलाडीसँग धेरै कम्युनिकेट गर्ने भएकाले होला मलाई त्यो जिम्मेवारी दिनु भएको होला।’

उनले थपे, ‘तर यसको मतलब यो हैन की मैले नै सबै कुरा गर्छु, सबैको आफ्नो आफ्नो जिम्मेवारी छ। सायद मेरो अलि धेरै हुन्छ होला, हामी यो सबै कुरा मिलेर गछौँ। म कप्तान भएकोमा पनि आशिफलाई कुनै समस्या छैन होला मलाई जहाँसम्म लाग्छ। हामीले यो कुरामा छलफल गरिसकेका छौँ, जे पनि रणनीति बनाउँछौँ आशिफसँग नै छलफल गछौँ। आशिफ टोलीको सिनियर खेलाडी भएकाले उ माथि पनि जिम्मेवारी छ। हामी दुबै जना मिलेर टोलीका लागि राम्रो गर्छौं।’

जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्स विरुद्ध खेल्दैछ। सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad