खेल


एसीसी यू–१९ एसिया कप : श्रीलंकासँग ५५ रनले पराजित भयो नेपाल

एसीसी यू–१९ एसिया कप : श्रीलंकासँग ५५ रनले पराजित भयो नेपाल

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १८:९, काठमाडौँ

एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल ५५ रनले पराजित भएको छ। 

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएको हो। 

नेपालका मायन यादवले सर्वाधिक ६१ रनको योगदान गरे पनि हार टार्न सकेन। नेपालका लागि अन्य खेलाडीहरुमा आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, रोशन विश्वकर्माले ५, उत्तम मगरले १७, नरेन साउदले १६ रन जोडे। शून्य रनमै युवराज खत्री पवेलियन फर्के भने नटआउटद्वय हेमन्त धामी र युनिश ठकुरीले ३÷३ रन जोडे। 

श्रीलंकाले नेपाललाई १९ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ श्रीलंकाका प्रविन मनिषाले ३, विहास थेवमिका र कुगादास माथुलनले समान २ विकेट झार्दा न्युटन रन्जितकुमार र विरान चामुदिथाले समान १ विकेट लिए। दुलनिथ सिगेराले भने विकेट झार्न सकेनन्। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि शारुजन शानमगनाथनले ६२ र लकविन अबेसिंगेले ५० रनको योगदान गरे। उनीहरुबाहेक पुलिन्दु पेरेरा २, दुलनिथ २४, विमाथ दिनसारा २४, काविजा गामेजले ३७ रन जोडे पनि अन्यले दोहोरो रन बटुल्न सकेनन्। नेपालले २० अतिरिक्त रन दिएपछि श्रीलंकाले ५० ओभरमा २३३ रन जोडेको थियो। 

नेपालको बलिङतर्फ सन्तोष यादवले ४ विकेट झार्दा युवराज खत्रीले २ र नरेन साउद तथा हेमन्त धामीले समान १ विकेट लिए। युनिश ठकुरी, आकाश त्रिपाठी र रोशन विश्वकर्मा विकेटविहीन रहे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad