नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यही मंसिर १६ गतेदेखि हुने एनपीएलको टिकट दर आज (सोमबार) सार्वजनिक गरेको हो।
जसमा उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय तोकिएको छ।
यस्तै, अन्य लिग खेलका लागि ३ सय र पाँच सय तोकिएको छ भने प्लेअफ खेलको दिन ५ सय र ७ सय तोकिएको छ।
फाइनल खेलको दिनमा भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्ने छ।
क्यानले सिजनल पास २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४८० कायम गरेको छ भने भीआईपीतर्फ ८ हजार २४० कायम गरेको प्रवक्ता छुम्बी लामाले जनाएका छन्।
यही मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा ८ फ्रेन्चाईज टिमहरूबीच एनपीएल क्रिकेट प्रतियोगिता हुँदैछ।
117
Shares

प्रतिक्रिया