खेल


आईपीएल अक्सनमा पहिलो दिन १० करोडमाथि मूल्य पाउने २० खेलाडी

आईपीएल अक्सनमा पहिलो दिन १० करोडमाथि मूल्य पाउने २० खेलाडी

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १५:२३, काठमाडौँ

विश्व चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो दिन ७२ खेलाडी अनुबन्ध भएका छन्। साउदी अरेबियामा चलिरहेको खेलाडी किनबेच (अक्सन) मा आईपीएलकै सर्वाधिक महंगो मूल्य भारतीय विकेट किपर ब्याटर ऋषभ पन्तले पाएका छन्। 

उनलाई २७ करोड भारुमा लखनउ सुपर जाइन्ट्सले अनुबन्ध गरेको छ। दोस्रो बढी मूल्य भारतकै श्रेयस अय्यरले पाए। उनलाई पञ्जाब किङ्सले पन्तको भन्दा २५ लाख कम २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो। 

पहिलो दिनको अक्सनमा २० खेलाडी १० करोडभन्दा बढी मूल्यमा अनुबन्ध भएका छन्। चेन्नई सुपर किङ्सले पहिलो दिन ३ विदेशीसहित ७ खेलाडीलाई अनुबन्ध गरेको छ। तर उसले अफगानिस्तानका स्पिनर नुर अहमदलाई मात्रै १० करोड मुल्यमा अनुबन्ध गरेको हो। बाँकी ६ जनालाई १ करोड २० लाखदेखि ९ करोड ७५ लाखसम्म खर्चिएको छ। 

दिल्ली क्यापिटल्सले पनि ३ खेलाडीलाई १० करोड बढी मूल्य खर्चिएको छ। तीन विदेशीसहित ९ जनालाई पहिलो दिन अनुबन्ध गरेको दिल्लीले केएल राहुललाई १४ करोड मुल्य लगाएको छ। मिचेल स्टार्कलाई ११ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा भारतका थांगारासु नटराजलाई १० करोड ७५ लाख खर्चिएर भित्र्याएको छ।

बाँकी ६ जना ५० लाखदेखि ९ करोडसम्मका छन्। गुजारत टाइटन्सले पनि तीन खेलाडीमा मात्रै १० करोडभन्दा बढीइ मुल्य तिरेको छ। इङ्ल्यान्डका जोस बटलरलाई सबैभन्दा बढी १५ करोड ७५ लाख खर्चिएको गुजरातले मोहम्मद सिराजलाई १२ करोड २५ लाखमा अनुबन्ध गरेको छ। दक्षिण अफ्रिकाका तिब्रगतिका बलर कागिसो रबाडा पनि गुजारतमा अनुबन्ध भएका छन्। उनलाई १० करोड ७५ लाखमा गुजरातले भित्र्याएको हो। उसले बाँकी सबै खेलाडी भारतीय नै अनुबन्ध गरेको छ। जसले ३० लाखदेखि ९ करोड ५० लाखसम्म मुल्य पाएका छन्। 

कोलकाता नाइट राइडर्सले पहिलो दिन ७ खेलाडी अनुबन्ध गरेको छ। भारतकै वेंकटेश अय्यरले सबैभन्दा बढी मुल्य खर्चिएको छ। अय्यरलाई २३ करोड ७५ लाख खर्चिएको कोलकाताले बाँकी ६ खेलाडीमा ३० लाखदेखि ६ करोड ५० लाखसम्मको मुल्य लगाएको छ। 

लखनउ सुपर जाइन्ट्सले ऋषभ पन्तलाई कीर्तिमानी मूल्य तिर्‍यो। तर अरु ६ खेलाडी भने उसका १० करोड भन्दा कम मूल्यका छन्। मुम्बई इण्डियन्सले पनि पहिलो दिन ४ खेलाडी मात्रै अनुबन्ध गर्न सकेको छ। न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टलाई १२ करोड ५० लाख भारु तिरेको मुम्बईले बाँकी ३ भारतीय खेलाडी ५ करोड २५ लाखदेखि ५० लाखसम्ममा अनुबन्ध गरेको छ।

पहिलो दिन नै १० खेलाडी अनुबन्ध गर्न सफल पञ्जाब किङ्सले ४ खेलाडीलाई १० करोडमाथिको मूल्य लगाएको छ। श्रेयस अय्यरले दोस्रो बढी मुल्य पाउँदा युजवेन्द्र चहल र अर्शदीप सिंह पनि समान १८ करोडमा अनुबन्ध भए। अस्ट्रेलियाका मार्कस स्टोइनिसलाई ११ करोड भारुमा बनुबन्ध गरेको छ। बाँकी खेलाडी भने चार करोड २० लाखदेखि ९५ लाखसम्ममा अनुबन्ध गरेको हो। 

इङ्ल्यान्डका जोफ्रा आर्चर १२ करोड ५० लाखमा राजस्थान रोयल्समा अनुबन्धित भएका छन्। राजस्थानले पहिलो दिन ५ खेलाडी बनुधन्ध गर्दा बाँकी खेलाडीलाई भने ५ करोड २५ लाखभन्दा कम मूल्य मात्रै तिरेको छ। रोयल च्यालेन्जर्स बैंगलोरले ३ खेलाडीलाई १० करोडमाथिको मूल्यमा अनुबन्धित गरेको छ। 

अस्ट्रेलियाका जोश हेजलवुडलाई १२ करोड ५० लाख, इङ्ल्यान्डका फिल साल्ट ११ करोड ५० लाख र भारतका जितेश शर्मा ११ करोडमा बैंग्लोरमा अनुबन्धित भएका छन्। बाँकी तीन खेलाडीलाई २ करोड ६० लाखदेखि ८ करोड ७५ लाखसम्म बैंग्लोरले तिरेको छ। 

८ खेलाडी अनुबन्ध गरेको हैदराबादमा इसान किसानले ११ करोड २५ लाख पाउने भएका छन्। मोहम्मद शामीलाई १० करोडमा अनुबन्ध गर्दा बाँकीलाई ३० लाखदेखि ८ करोडसम्ममा अनुबन्धित गरेको हो। 

आईपीएलको अक्सन दोस्रो दिन पनि चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad