खेल


‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि रनक र राचेललाई

‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि रनक र राचेललाई

नेपालखबर
मंसिर ९, २०८१ आइतबार ७:९, काठमाडौँ

‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ प्रतियोगिता-२०२४’ को उपाधि पुरुषतर्फ नेपाली पर्वतारोही रनक उप्रेती र महिलातर्फ अमेरिकी पर्वतारोही राचेल डेभिडसनले जितेका छन्।

काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा आज आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा पुरुषतर्फ उपविजेता अमेरिकी पर्वतारोही भिन्सेन्ट सबलिच भए भने पेम्बाछिरिङ शेर्पाले तेस्रो स्थान प्राप्त गरे। महिलातर्फको उपविजेता स्वस्तिका चौधरी भइन् भने नेदरल्यान्ड्सकी अन्ने माइ बन तेस्रो भइन्। प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३२ प्रतियोगी सहभागी थिए।

प्रतियोगिताका विजेता, उपविजेता र तस्रो हुनेले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजारसहित विभिन्न उपहार प्राप्त गरे। अन्तर्राष्ट्रिय आरोहण महासङ्घको नियमानुसार गराइएको सो प्रतिस्पर्धा नेपाल आरोहण खेलकुद सङ्घबाट मान्यताप्राप्त प्रतियोगिता रहेको आयोजक संस्था वोङछु पिक प्रमोशनकी प्रबन्ध निर्देशक लाक्पा शेर्पाले बताइन्। 

प्रतियोगितामा  प्राविधिक सहयोग नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घले गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकी संस्था मुसा मसाला रहेको आयोजकले जनाएको छ । अन्य व्यावसायिक कम्पनीहरू सहप्रायोजकका रूपमा रहेका थिए।

साहसिक खेलकुदको माध्यमबाट पर्यटनको विकास तथा प्रवर्द्वन गर्ने उद्देश्यले तीन वर्षदेखि निरन्तर रूपमा प्रतियोगिता हुँदै आएको आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad