खेल


विराटनगर किङ्सले थाल्यो अभ्यास, १२ गते मात्रै काठमाडौं आउने

विराटनगर किङ्सले थाल्यो अभ्यास, १२ गते मात्रै काठमाडौं आउने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १९:३०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किङ्सले अभ्यास सुरु गरेको छ। बिहीबारदेखि टोलीले विराटनगरमै पहिलो चरणको अभ्यास सुरु गरेको विराटनगर किङ्सका टिम म्यानेजर विजय कुमार धितालले बताए।

विराटनगर अन्तिम तयारीका लागि मंसिर १२ गते मात्रै काठमाडौं आइपुग्ने भएको छ। त्यसअघि टोलीले विराटनगरमै प्रशिक्षण गर्नेछ। प्रशिक्षण आइकनिक प्लेयरहरु पनि सहभागी छन्।

ट्यालेन्टहन्टबाट विराटनगरले आइकनिक प्लेयरका रुपमा कमल खत्री, फिर्दोस अन्सारी र सुजन थपलियालाई छानेको छ।

राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले ५ जना विदेश खेलाडी अनुबन्ध गरिसकेको छ।

विदेशी खेलाडीमा न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्टोन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलम रहेका छन्।

राष्ट्रिय टोलीबाट खेलिसकेका बलर प्रतिस जिसी र ओपनर ब्याटर , लोकेश बम पनि विराटनगरको टोलीमा छन्।

यस्तै बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ र अनिल खरेल विराटनगर किङ्सको टोलीमा समावेश छन्।

विराटनगरलाई आयरल्यान्डका केभिन ओब्रायनले प्रशिक्षण गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad