खेल


एनपीएल विवाद : आमिर अख्तरले भने– म क्रिकेटविरोधी होइन, क्यानको कारण सर्वोच्च जान बाध्य भएँ

एनपीएल विवाद : आमिर अख्तरले भने– म क्रिकेटविरोधी होइन, क्यानको कारण सर्वोच्च जान बाध्य भएँ

नेपालखबर
मंसिर २, २०८१ आइतबार १६:५०, काठमाडौँ

जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका सञ्चालक आमिर अख्तरले आफू क्रिकेटविरोधी नभएको बताएका छन्। 

‘नेपाल प्रिमियर लिग’ नामको कम्पनी आफ्नो नाममा रहेको र नेपाल क्रिकेट संघले एनपीएल क्रिकेट आयोजनाको घोषणा गरेलगत्तै आफ्नो नाममा रहेको कम्पनी क्यानलाई सुम्पिन क्यानलाई पत्राचार गरे पनि क्यानले बेवास्ता गरेको बताएका हुन्। 

सोही कारण आफ्नो हकअधिकार प्राप्तिका लागि सर्वोच्च अदालतको सहारा लिएको र मुद्दाको क्रम चलिरहेको उनको भनाइ छ। 

‘म आफैँ एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, क्रिकेट आयोजक र खेलकुद व्यवस्थापनमा संलग्न व्यक्ति भएकाले यसबाट पर्नसक्ने अप्ठ्यारोबारे मलाई थाहा थियो’, उनले भनेका छन्, ‘म कुनै क्रिकेटविरोधी व्यक्ति होइन। तसर्थ एनपीएलको सफल आयोजना होस् भन्ने हेतुले मैले क्यानलाई पूर्वसूचना दिई त्यसमा सहजीकरण गर्नु आफ्नो कर्तव्य ठानेँ।’ 

उनले आफूले करोडौँको रकम संलग्न हुने र थुप्रै व्यक्ति जोडिएको विषयमा क्यान गम्भीर हुने ठानेको र समाधानमा अग्रसरता लिने सोचे पनि आफ्नो अनुरोधको बेवास्ता गरिएको उनको भनाइ छ। 

कसैका नाममा रहेको कम्पनी र क्यानले जोरा स्पोर्ट्स म्यानेजमेन्टलाई एनपीएल आयोजना गर्न यसअघि नै दिएको अधिकार छिन्ने पयास हुनु भनेको कानुनतः गलत भएको उनले उल्लेख गरेका छन्। 

‘तसर्थ म अदालतको ढोका ढकढक्याउन बाध्य भएको हुँ’, उनले भनेका छन्, ‘सम्माननीय सर्वोच्च अदालतले नेपाल क्रिकेट संघलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको अवस्था छ।’ 

आफू अदालतको निर्णयको प्रतीक्षामा रहेको भन्दै उनले क्रिकेटविरोधनी नभएको तर आफ्नो हकअधिकारको लडाइँ लड्ने स्वतन्त्रता हरेक नागरिकलाई भएकाले त्यो लडाइँ लडिरहेको उनको दाबी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad