समाज


माइनसमा झर्‍यो जुम्लाको तापक्रम, काठमाडौँमा कति?

माइनसमा झर्‍यो जुम्लाको तापक्रम, काठमाडौँमा कति?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार २०:२९, काठमाडौँ

देशभर दिनप्रतिदिन तापक्रम घट्दै र चिसो बढ्दै गएको छ।  

यसै क्रममा आज (बिहीबार) जुम्लामा न्यूनतम तापक्रम माइनसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार जुम्लाको न्यूनतम तापक्रम –१.० डिग्री सेल्सियसमा झरेको हो। यहाँको अधिकतम भने २३.२ डिग्री सेल्सियस छ। 

२४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम र कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ६:४५ बजे मापन गरिन्छ।

बिहीबार देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लाको हो भने सबैभन्दा बढी न्यूनतम तापक्रम जनकपुरमा १८.८ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको विवरणमा उल्लेख छ। 

यसैबीच काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १३.१ तथा अधिकतम तापक्रम २३.३ डिग्री सेल्सियस छ। 

देशका अन्य स्थानको तापक्रम वितरण तलको सूचीमा– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad