खेल


एउटा खेल हारेपछि नेपालमा क्रिकेट विश्लेषक बढे : पारस खड्का

एउटा खेल हारेपछि नेपालमा क्रिकेट विश्लेषक बढे : पारस खड्का

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १८:४९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन्।

नेपालले जारी आईसीसी टी-२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

सोमबार ललितपुरमा सीजी फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल १० वर्षको अन्तरालपछि टी-२० विश्वकप खेलिरहेको तर एउटा खेल हारेकाले क्रिकेट टिमका धेरै विश्लेषक बढेको बताएका हुन्।

अझै तीनवटा खेल बाँकी रहेको भन्दै उनले नेपाली टिमले राम्रो खेल्ने विश्वास पनि व्यक्त गरे। क्रिकेटप्रतिको चासो र माया बढ्नु भने राम्रो रहेको उनको प्रस्टोक्ति थियो।

‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टी-२० विश्वकप खेलिरहेका छौँ,’ उनले भने, ‘तीन वटा म्याच बाँकी छ। पहिलो म्याचको रिजल्टपछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरूको वृद्धि भएको छ। नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरै नै बढेको छ। तर मेरो विनम्र अनुरोध यो छ कि नेपाली क्रिकेट धेरै नै संघर्ष गरेर यहाँसम्म आइपुगेको हो। धेरै मान्छेहरूको सहयोगले यो स्थितिसम्म आएको छ। आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दै छ। नेपाल विश्वका नम्बर वान देशहरूसँग खेल्दै छ। खेलाडीहरूले जिउज्यान लगाएर (प्रदर्शन) गर्नुभएको छ। क्यानले जे गर्न सक्थ्यो, त्यो गरेको छ। हामी सकारात्मक सोचका साथ अघि बढौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad