खेल


यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल दोस्रोपटक थाइल्यान्ड हराउने योजनामा

यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल दोस्रोपटक थाइल्यान्ड हराउने योजनामा

फाइल तस्बिर: पहिलो खेलमा थाइल्यान्डसँग नेपाल


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ६:२५, काठमाडौँ

यूएईमा जारी आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज (आइतबार) नेपाल थाइल्यान्डसँग भिड्दैछ।

अजमानमा हुने खेल स्थानीय समयअनुसार दिउँसो साढे १ बजे सुरु हुनेछ।

छनोटको पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाली टोली सोही नतिजा दोहोर्‍याउने योजनामा छ।

थाइल्यान्ड पनि नेपाललाई हराउँदै छनोटमा दोस्रो जित हासिल गर्ने दाउमा छ।

छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको फराकिलो विजय प्राप्त गरेको थियो।

तर तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले हार्‍यो।

चार टोली सहभागी छनोट प्रतियोगितामा हरेक टोलीले ६ खेल खेल्नेछन्।

डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकप खेल्न पाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।

यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad