जमाल मुसियालाको निर्णायक गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा सेन्ट पाउलीमाथि जित दर्ता गरेको छ।
पहिलो हाफको २२ औँ मिनेटमा मुसियालाले गोल गर्दै बाउर्नलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा बायर्नले लिगमा आठौँ जित निकालेको हो। लिगको १० खेलमा बायर्नले ८ खेलमा जित र २ खेलबा बराबरी गर्दै २६ अंक जोडेको छ।
बायर्नले लिगमा दोस्रो स्थानको आरबी लाइपजिगसँगको अंक दुरी ५ ले बढाएको छ। समान खेलबाट आरबी लाइपजिगको २१ अंक छ।
गएराति नै भएको खेलमा आरबी लाइपजिगले बोरुसियासँग गोलरहित बराबरी गर्दै अंक बाँड्यो।
गएराति भएको खेलमा बायर लिभरकुसेनले बोचुमसँग १–१ को बराबरी गर्दै अंक बाँड्यो।
48
Shares

प्रतिक्रिया