नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले हराएको छ।
हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए। उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन्।
त्यसैगरी लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए। राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा २१ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङग्ल्यान्डले ५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।
इङग्ल्यान्डका लागि कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्काको सहयोगमा ४९ रन जोडे।
स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाए। नेपालका प्रतिश जिसीले २ विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले १/१ विकेट लिए।
नेपाल भोलि अस्ट्रेलियासँग भिड्नेछ।
Shares

प्रतिक्रिया