खेल


आईपीएलः धोनी, कोहली र हेनरिक क्लासेनलाई कतिमा रिटेन गरियो?

आईपीएलः धोनी, कोहली र हेनरिक क्लासेनलाई कतिमा रिटेन गरियो?

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १९:४३, काठमाडौँ

आईपीएल रिटेन्सन २०२५ को घोषणा गरिएको छ। रिटेन्सनका लागि खेलाडीको सूची सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी, मुम्बई इन्डियन्सले रोहित शर्मा र रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीलाई रिटेन गरेका छन्। यीबाहेक धेरै खेलाडीलाई आईपीएलका विभिन्न टोलीले रिटेन गरेका छन्। 

सनराइजर्स हैदरावादले हेनरिक क्लासेनलाई २३ करोडमा रिटेन गरेको छ भने धोनीलाई चेन्नईको टोलीले मात्र ४ करोडमा रिटेन गरेको छ।

कुन टोलीले कुन खेलाडीलाई कतिमा रिटेन गरे?

दिल्ली क्यापिटलले ४ खेलाडीलाई रिटेन गरेको छ। जसमा अक्षर पटेल (१६.५ करोड), कुलदीप यादव (१३.२५ करोड), ट्रिस्टन स्टब्स (१० करोड), अभिषेक पोरेल (४ करोड) को नाम समावेश छ।

रोयल च्यालेन्जर्स बैंग्लोरले ३ खेलाडीलाई रिटेन गरेको छ। जसमा विराट कोहली (२१ करोड), रजत पाटीदार (११ करोड) र यश दयाल (५ करोड) को नाम समावेश छ।

राजस्थान रोयल्सले ६ खेलाडीलाई रिटेन गरेको छ। जसमा सञ्जु सैमसन (१८ करोड), यशस्वी जैसवाल (१८ करोड), रियान पराग (१४ करोड), ध्रुव जुरेल (१४ करोड), शिमरोन हेटमायर (११ करोड) र सन्दीप शर्मा (४ करोड) छन्। 

सनराइजर्स हैदरावादले ५ खेलाडीलाई रिटेन गरेको छ। जसमा हेनरिक क्लासेन (२३ करोड), प्याट कमिन्स (१८ करोड), अभिषेक शर्मा (१४ करोड), ट्राभिस माइकल हेड (१४ करोड) र नितिश कुमार रेड्डी (६ करोड) छन्। 

चेन्नई सुपर किंग्सले पनि ५ खेलाडीलाई रिटेन गरेको छ। जसमा रुतुराज गायकवाड (१८ करोड), मथिशा पाथिराना (१३ करोड), शिवम दुबे (१२ करोड), रविन्द्र जडेजा (१८ करोड) र एमएस धोनी (४ करोड) को नाम छ।

मुम्बई इन्डियन्सले ५ खेलाडीलाई रिटेन गरेको छ। जसमा जसप्रित बुमराह (१८ करोड), सूर्यकुमार यादव (१६.३५ करोड), हार्दिक पाण्ड्या (१६.३५ करोड), रोहित शर्मा (१६.३० करोड) र तिलक बर्मा (८ करोड) छन्।

कोलकाता नाइट राइडर्सले ६ खेलाडीलाई रिटेन गरेको छ। जसमा रिंकु सिंह (१३ करोड), वरुण चक्रवर्ती (१२ करोड), सुनिल नारायण (१२ करोड) र आन्द्रे रसेल (१२ करोड) को नाम छ।

लखनउ सुपर जायन्ट्सले ५ खेलाडीलाई रिटेन गरेको छ। जसमा निकोलस पुरान (२१ करोड), रवि बिश्नोई (११ करोड), मयंक यादव (११ करोड), मोहसिन खान (४ करोड) र आयुष बडोनी (४ करोड) छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad