त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल जारी छ। खेलको दोस्रो हाफमा बंगलादेशले आफ्नो अग्रता दोब्बर बनाएको छ।
बुधबार बिहानैदेखि टिकट बाँडेपनि रंगशालाको क्षमताभन्दा धेरै दर्शक भएपछि काठमाडौँ महानगरपालिकाले पनि स्क्रिनिङमार्फत खेलको प्रत्यक्ष प्रशारण देखाएको छ।
टुँडिखेल, सानो गौचरण र चाबहिल गणेशस्थानमा महानगरले स्क्रिनमार्फत खेल प्रत्यक्ष प्रशारण गराइराखेको छ।
रंगशालामा टिकट नपाएका दर्शकहरू स्क्रिनिङमार्फत खेल हेर्दै हौसला बढाइरहेका छन्। काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले टिकट नपाएकाहरूले लाइभ हेरेर समर्थन गर्न आग्रह समेत गरेका थिए।
तस्बिरः






171
Shares

प्रतिक्रिया