साफ महिला च्याम्पियनसिप अन्तर्गत केहीबेरमा सुरु हुने फाइनल खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरूको ओइरो लागेको छ।
बुधबार बिहानैदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन ठाउँबाट टिकट वितरण गरेको थियो। आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाँदैछन्।
ओलीसमेतको उपस्थिति हुने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
दर्शकहरू उत्साहित हुँदै खेलाडीको मनोबल बढाउन रंगशाला जाने क्रम जारी छ। दर्शकहरूको संख्या ह्वात्तै बढेपछि काठमाडौँ महानगरपालिकाले पनि तीन ठाउँबाट लाइभ गर्दैछ।
महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ। त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।
तस्बिरहरूः















492
Shares

प्रतिक्रिया