राजनीति


समस्याग्रस्त सहकारी कार्यालयका लागि थप १० अस्थायी दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्‌का निर्णयसहित)

समस्याग्रस्त सहकारी कार्यालयका लागि थप १० अस्थायी दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्‌का निर्णयसहित)

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १८:६, काठमाडौँ

सरकारले समस्याग्रस्त सहकारी कार्यालयका लागि आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण पनि स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक १५ गते ३० गते सम्मकोे भ्रमणका लागि स्वीकृत गरेको बताए।  

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
१) नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता  एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान गर्ने

२) नयाँ बुटवल लम्ही ४०० केभी प्रशारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०।२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृत दिने।

३) नेपाल प्रहरी रिक्त भएको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक डा. सुन्दरप्रसाद होजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पातल महाराजगञ्जमा पदास्थापना गर्ने।

४) राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अरवैजनको राजधानी वाकुवमा हुने राष्ट्र संघीय जलवायु सम्बन्धि महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा कोप २९ अन्तरगर्त वल्डलिडर क्लाइमेट एक्सन समिटमा सहभागि हुन कात्तिक १५ देखि ३० सम्मको भ्रमण स्वीकृत गर्ने।

५) समस्याग्रस्त सहकारी कार्यालयको लागि आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने।

६) भूमि समस्या समाधान आयोगको अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा क्रमशः हरि प्रसाद रिजाल पुठान,सनतकुमार कार्की, जाजरकोट, गुन्जबहादुर खड्का महोतरी, कृष्ण प्रसाई झापा, डा. जगतबहादुर बस्नेत सिन्धुपाल्चोक, टेकबहादुुर साह कैलाली र गोवर्धन कोली दार्चुला, आरती भण्डारी तनहुँ महिला सदस्य।

७) माछाखोला जलविद्युत आयोजना निर्माणको लागि गोर्खा जिल्लाको दार्जे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर भएको जग्गा प्रयोग गर्न वन तथा वातारण मन्त्रालयलाई स्वीकृत दिने।

८) नेपाल सस्कृत विश्व विद्यालयको जग्गा तथा सम्पति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने।

९) कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा मर्डिटमा हुने टु अर्स लेभर इन्टरनेशनलको सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीलाई भ्रमण स्वीकृत दिने।

१०) युनाइनेट नेशसन हुमान प्रागाममा कायरोमा सहभागी हुन पोखरामा मेयर धनराज आर्चायलाई स्वीकृत गर्ने।

१) सम्पति सुद्धिकरण नियमावली २०८१ स्वीकृत।

१२) विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ स्वीकृत।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad