खेल


साफ फाइनलको टिकट नपाएपछि आक्रोशित बने सर्वसाधारण (तस्बिर)

साफ फाइनलको टिकट नपाएपछि आक्रोशित बने सर्वसाधारण (तस्बिर)

सरोज नेपाल
कात्तिक १४, २०८१ बुधबार १२:९, काठमाडौँ

बुधबार साँझ हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्नका लागि टिकट नपाएपछि सर्वसाधारणहरू आक्रोशित बनेका छन्।

बिहानैदेखि एन्फा कम्प्लेक्स, जावलाखेल र भद्रकाली आर्मी गेटमा टिकट लिनेहरूको भिड लागेको छ। अत्यधिक माग भएका कारण एन्फालाई टिकट बिक्री व्यवस्थित बनाउन धौ-धौ परेको छ।

जावलाखेलमा टिकट लिन पुगेका दर्शकहरू नपाएपछि आक्रोशित हुँदै एन्फाविरुद्ध नाराबाजी गरेका छन्।

एन्फाका अनुसार एकजनाले अधिकतम दुईववटा भीआईपी र ५ वटा साधारण टिकट लिनसक्नेछन्। जावलाखेलमा साधारणतर्फ ४ हजार र भीआईपीतर्फ ३ सय टिकट बिक्री भइसकेको बताइएको छ।

यसैबीच, काठमाडौँ महानगरले पनि यो खेलको तीन ठाउँबाट लाइभ गर्ने भएको छ। महानगरपालिकाले दिएको जानकारी अनुसार टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad