पाकिस्तान क्रिकेट टोलीका एकदिवसीय र टी–२० मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले ६ महिनाभित्र राजीनामा दिएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोसल मिडिया प्लेटफर्म एक्समार्फत यो घोषणा गरेको हो।
पीसीबीले पाकिस्तान क्रिकेटको टेस्ट टोलीका प्रशिक्षक जेसन गिलेस्पीलाई एकदिवसीय र टी-२० टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ।
भारतको २०११ को एकदिवसीय विश्वकप च्याम्पियन टोलीका प्रशिक्षक रहेका कर्स्टनलाई पीसीबीले यस वर्ष अप्रिलको अन्त्यमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
201
Shares

प्रतिक्रिया