खेल


४ रनले शतक बनाउन चुके रोहित, नेपालले अमेरिकालाई दियो २८७ रनको लक्ष्य

४ रनले शतक बनाउन चुके रोहित, नेपालले अमेरिकालाई दियो २८७ रनको लक्ष्य

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १:१३, काठमाडौँ

आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध जारी खेलमा नेपालले २८७ रनको लक्ष्य दिएको छ। 

टस जितेर फिल्डिङ रोजेको अमेरिकाविरुद्ध नेपालले कप्तान रोहित पौडेलको ९६ रन मद्दतमा निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २८६ रन बनाएको हो। 

डालासमा जारी खेलमा नेपालका लागि पौडेलसहित ३ जनाले अर्धशतक पूरा गरे। पौडेलले ७५ बलमा ३ छक्का र ८ चौकासहित ९६ रन बनाउँदा ओपनर अनिल साहले ६२ बलमा ५६ रन, आसिफ शेखले ५३ बलमा ५२ रनको योगदान गरे। 

कुशल भुर्तेल ११ रनमै आउट भएको खेलमा आरिफ शेखले ३७, दीपेन्द्र सिंह ऐरीले १३, गुल्सन झा १, सोमपाल कामी २, सन्दीप लामिछाने ५ र करण केसीले ३ रन मात्र जोडे। नटआउट ललित राजवंशीले १ रन बनाए। 

अमेरिकाले नेपाललाई ९ अतिरिक्त रन उपहार दिएको थियो। 

बलिङतर्फ अमेरिकाका नस्थस केन्जिगे एक्लैले ४ विकेट हात पारे। उनले ५२ रन दिए। त्यसबाहेक सौरभ नेत्रावल्करले ६३ रन दिएर २ विकेट हात पार्दा स्याडली भान स्काविक, जसदीप सिंह र हरमित सिंहले समान १ विकेट झारे। 

२८७ रनको लक्ष्य पाएको अमेरिकाले केही बेरपछि ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad