खेल


भारतलाई गोल फर्काएपछि जर्सी खोलेर साम्बाको सेलिब्रेसन, पाइन् पहेँलो कार्ड (तस्बिर)

भारतलाई गोल फर्काएपछि जर्सी खोलेर साम्बाको सेलिब्रेसन, पाइन् पहेँलो कार्ड (तस्बिर)

सरोज नेपाल
कात्तिक ११, २०८१ आइतबार २१:३९, काठमाडौँ

सावित्रा भण्डारी साम्बाको गोलमा घरेलु टोली नेपाल साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा खेलमा फर्किएको छ।

दोस्रो हाफको १९ औँ मिनेटमा सावित्रा साम्बाले नेपालका लागि बराबरी गोल फर्काइन्। साम्बाले प्रिती राईको पासमा नेपालका लागि गोल गरेकी थिइन्।

गोल फर्काएसँगै साम्बाले जर्सी नै खोलेर सेलिब्रेसन गरिन्। सोही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिएकी थिइन्।

त्यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगिता वासफोरको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।

लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रिले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो।

खेल अवरुद्ध भएको १ घण्टा ६ मिनेटपछि सुरु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad