साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल टाइब्रेकरमा धकेलिएको छ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो। खेलको दोस्रो हाफमा सावित्रा भण्डारी साम्बाको गोलसँगै नेपाल खेलमा फर्किएको थियो। साम्बाले प्रिती राईको पासमा नेपालका लागि गोल गरेकी थिइन्।
त्यसअघि भारतकी संगिता बासफोरको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको छ।
भारतकी अफिसियल मैदानमा भएका कारण रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि खेल रोकिएको थियो, नेपालका खेलाडीले गोललाई मान्यता दिनुपर्ने भन्दै लामो समय मैदान बाहिर बिताएका थिए।
त्यसअघि नेपाल खेलको ५० औँ मिनेटमा १० खेलाडीमा सिमित भयो। नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाड्नि। रेखाले पहिलो हाफको इन्ज्युरी समयमा पहिलो पहेलो कार्ड पाएकी थिइन्।
रेखाले दोहोरो पहेँलो कार्ड पाएसँगै दशरथ रगंशाला केहीबेर तनावग्रस्त भएको थियो। समर्थकले रेफ्रीको विरुद्धमा नारा लगाएपछि खेल करिब १२ मिनेट रोकिएको थियो।
Shares

प्रतिक्रिया