नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि खेल प्रभावित भएको हो।
खेलको ७१ औँ मिनेटमा भारतकी संगिता बासफोरको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको छ।
नेपालले गोल गर्दा भारतका अफिसियल ग्राउन्डमै भएपछि रेफ्रीले गोललाई मान्यता नदिएको हो। त्यसपछि विवाद हुँदा खेल सुरु हुन सकेको छैन।
यसअघि नेपालकी खेलाडी रेखा पौडेलले रेड कार्ड पाएपछि खेल १२ मिनेटसम्म रोकिन पुगेको थियो।
रेखा खेलबाट बाहिरिएसँगै नेपाल १० खेलाडीमा समेटिएको छ। खेलको ५० औँ मिनेटमा नेपाल १० खेलाडीमा सिमित भएको हो।
735
Shares

प्रतिक्रिया