साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल सुरु भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेमिफाइनल खेल सुरु भएको हो। आजको खेलमा एक खेलाडी परिवर्तन गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरु लिम्बुको ठाउँमा पुजा रानालाई परिवर्तन गरिएको छ।
टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गरेकी छिन्। रंगशालामा दर्शकहरूको पनि उल्लेख्य उपस्थिति देखिन्छ।
यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।
साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ।
सुरुवाती ११ः
पुजा राना, बिमला विके, अमृता जैसी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गिता राना, रेखा पौडेल, प्रिति राई, एञ्जिला तुम्बाप्पो सुब्बा, सविता रानामगर, अमिशा कार्की
Shares

प्रतिक्रिया