खेल


भारतसँग सेमिफाइनल भिड्न दशरथ रंगशालामा नेपाली टोली (तस्बिर)

भारतसँग सेमिफाइनल भिड्न दशरथ रंगशालामा नेपाली टोली (तस्बिर)

सरोज नेपाल
कात्तिक ११, २०८१ आइतबार १७:२३, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल भिड्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ। खेल सुरु हुनुभन्दा अघि नेपाली र भारतीय टोली दशरथ रंगशाला पुगेका छन्।

रंगशालामा दर्शकहरूको पनि उल्लेख्य उपस्थिति देखिन्छ।

यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।

साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। 

नेपाली टोली यो संस्करण पनि अघिल्लोपटकको नतिजालाई दोहोर्‍याउने योजनामा मैदान उत्रँदै छ। 

उता भारतीय टोली भने नेपाली टोलीसँग भोगेको हारको बदला लिने दाउमा छ। 

तस्बिरः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad