रामजी ज्ञवाली निर्देशित सर्ट फिल्म ‘लापता सन्तान’ युट्युवमा सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको फिल्मले अभिभावक र सन्तानको कथा समेटेको छ।
सर्ट फिल्म ‘लापता सन्तान’ ले समसामयिक विषयवस्तुलाई उठान गरेको छ। बुवाआमाले सन्तानको भविष्यको लागि गर्ने संघर्ष र बुढेसकालमा सन्तानलाई बृद्धाआश्रम पुर्याएको आमाको कथा फिल्मभित्र छ।
यस फिल्ममा निर्देशक ज्ञवालीकै लेखन रहेको छ। फिल्ममा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, अर्जुन आचार्य, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, प्रीतम निरौला, प्राञ्जल पौडेल, प्रमीत पसाईं र प्रनीत पसाईंको अभिनय छ।
141
Shares

प्रतिक्रिया