इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा म्यानचेस्टर सिटीले साउथहेप्टनमाथि साँघुरो जित निकालेको छ।
शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले साउथहेप्टनमाथि १–० को जित निकालेको हो।
पहिलो हाफको पाचौँ मिनेटमा नै एर्लिङ हालान्डले गरेको गोल नै सिटीका लागि पर्याप्त भयो। म्याथु नुनेजको पासमा हालान्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलमा थप गोल हुन नसकेपछि सिटीले जित निकालेको हो।
साविक विजेता समेत रहेको सिटीले जित निकालेसँगै प्रिमियर लिगका ३२ अपराजित रहँदै कीर्तिमान कायम गरेको छ। डिसेम्बर ६ मा एष्टोन भिल्लासँग हार व्यहोरेपछि सिटी अपराजित छ। अबको ६ साता सिटी अपराजित रहे १२ महिना अपराजित रहने टोली बन्नेछ।
गएराति नै भएको अर्को खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका बेटोले इन्ज्युरी समयमा गोल गरेपछि एभर्टन फुलहामसँग १–१ को बराबरीमा रोकिएको छ।
अर्को खेलमा ब्रेन्टफोर्डले एप्सविच टाउनसँग ४–३ को जित निकालेको छ। एष्टोन भिल्ला र बर्नमाउनले १–१ गोलको बराबरी गर्दै अंक बाँडे। गएराति कै खेलमा ब्राइटन एण्ड होभ एल्भियनले वुल्भ्ससँग २–२ को बराबरी गर्याे।
Shares

प्रतिक्रिया