साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध नेपालले ४ गोल हानेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले ४–० को अग्रता बनाएको छ।
खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो।
१२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो।
लगत्तै १३ आँ मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलले गोल गरिन्। त्यस्तै, खेलको ३५ औँ मिनेटमा साम्बाको प्रहारमा उत्कृष्ट फिनिसिङ दिँदै रेखाले बलको जाली चुमाएकी हुन्।
1.3k
Shares

प्रतिक्रिया