साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता दोब्बर बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले ३–० को अग्रता बनाएको छ।
खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो।
१२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो।
लगत्तै १३ औँ मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ।
132
Shares

प्रतिक्रिया