खेल


भारतलाई हराउँदै साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

भोलिको खेलपछि समूह ‘बी’बाट पनि सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने
भारतलाई हराउँदै साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

भारतलाई हराउँदै सेमिफाइनल पुगेको बंगलादेश। तस्बिरः एन्फा


लक्ष्मी जि.सी
कात्तिक ७, २०८१ बुधबार १९:४९, काठमाडौँ

साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको समू ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको समूह ‘ए’ को अन्तिम खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

खेलको ५६ औँ मिनेटमा भारतकी रिम्पा हल्डरको प्रहार बंगलादेशकी गोलरक्षकले सेकेण्डबारको नजिकबाट उत्कृष्ट बचाउ गरिन्। ६२ औँ मिनेटमा भारतकी रिम्पाको प्रहार गोलरक्षकले रिवाउण्डमा बलमा ज्योती चौहानको प्रहारको उत्कृष्ट बचाउ गरिन्। ८० औँ मिनेटमा सपना रानीको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। 

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सुदपयोग गर्न सकेनन्। त्यसअघि पहिलो हाफको १८ औँ मिनेटमा अफिदा खन्डाकरको गोलमा बंगलादेशले सुवाती अग्रता बनाएको थियो। कप्तान सविना खातुनको कर्नरमा गोलरक्षकले पन्च गरेको बललाई अफिदाले सेकेण्डबार बाट गोल गरेकी थिईन्। 

खेलको २६ औँ मिनेटमा रितु पुर्णा चक्माका प्रहर क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेशले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। खेलको १९ औँ मिनेटमा रितुको लामो क्रसमा तोहुरा खातुनले पहिलो बारको नजिकबाट उत्कृष्ट फिनिसिङ दिईन्। 

खेलको ३६ औँ मिनेटमा भारतले अग्रता कम गर्ने सुन्दर मौका खेर फाल्यो। भारतकी रन्जना चानुको क्रसमा कप्तान बालादेवीले गोललाईनबाट गरेको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्मा चक्माले क्लियर गरिन्। 

३८ औँ मिनेटमा मनिषाको फ्रिकीक प्रहार क्रसबारमा लाग्दै बाहिरियो। खेलको ४२ औँ मिनेटमा सामसुनाहारको ब्याक पासमा तोहुरा खातुनको गोलमा बंगलादेशले ३–० को फराकिलो अग्रता बनायो। लगत्तै डालिमा छब्बरको क्रसलाई बंगलादेशकी गोलरक्षकले पन्च गर्दै जोगाएपनि त्यसकै रिबाउण्डमा भारतकी कप्तान बालादेवी हेडर गोल गरिन्।


अघिल्लो संस्करणमा समूह चरणमा भएको भेटमा बंगलादेशले भारतलाई ३-० गोल अन्तरले हराएको थियो। बंगलादेशसँग पराजित भएपनि भारत समूह उपविजेताको रुपमा सेमिफाइनल भने पुगेको छ। समूह ‘ए’ मा रहेको पाकिस्तान भने बाहिरिएको छ। 

समूहको शीर्ष स्थानमा रहेको बंगलादेशको ४ अंक छ। भारत ३ अंकसहित दोस्रो र १ अंक भएको पाकिस्तान समूहको पुछारमा रहेको छ। बंगलादेशले पहिलो खेलमा पाकिस्तानसँग १-१ को बराबरी गरेको थियो। भारतले भने पाकिस्तानलाई ५-२ गोल अन्तरले हराएको थियो।

 
सेमिफाइनलमा बंगलादेशले अब समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ। भारतले भने समूह ‘बी’ को विजेता टोलीसँग खेल्नेछ। समूह ‘बी’ मा घरेलु टोली नेपालसँगै भुटान र श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना कायम छ। 

समूह ‘बी’ मा रहेको मालदिभ्स भने लगातार दुई खेलमा हार व्यहोर्दै एक खेल अगावै सेमिफाइनलको दौडबाट बाहिरिएको छ। च्याम्पियनसिपमा भोलि बिहिबार श्रीलंका र नेपाल तथा भुटान र मालदिभ्स खेल्नेछन्। सो खेलपछि सेमिफाइनलको समीकरण पुरा हुनेछ। 

तस्बिरहरूः सरोज नेपाल/नेपालखबर डटकम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad