कारोबार


रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १९:५२, काठमाडौँ

शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शन ल्याउँछ भने रेड्मी प्याड एसई ८.७ ४जी ले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्दछ।

सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, ‘शाओमीले प्रयोगकर्ताहरूको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको छ। रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य भनेको हाम्रा प्रयोगकर्तालाई यड्भान्सड् प्रविधि उपलब्ध गराउनु हो। यदि तपाईँ उच्च प्रदर्शनको खोजीमा हुनुहुन्छ वा साधारण प्रयोगको लागि डिभाइसको खोजीमा हुनुहुन्छ भने यी ट्याब्लेटहरू हजुरको लागि उत्तम हुनसक्नेछ।’

रेड्मी प्याड प्रो ५जीः उच्च स्तरको प्रदर्शन, बहुप्रयोगी डिजाइन
रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्दछ। यसको १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ जसले पढ्दा, गेम खेल्दा वा भिडियो हेर्दा स्पष्ट दृश्य प्रदान गर्छ। १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसले हरेक कन्टेन्टलाई स्मूथ बनाउँछ।

यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७एस जेन २ प्रोसेसर रहेको छ। १०,००० एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ जसले न्यूनतम विद्युत खपतमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ। चारवटा स्टीरियो स्पिकर र डल्बी एटमस सपोर्टले घरमै सिनेमा जस्तो अडियो अनुभव प्रदान गर्दछ।

वाई–फाई ६ई, डुअल सिम, डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा यस ट्याब्लेटले क्रस–डिभाइस मल्टिटास्किङ र कनेक्टिभिटीलाई सहज बनाउँछ। यसको मेटालिक फिनिश र कोर्निंग गोरिल्ला ग्लासले स्टाइल र टिकाउपनाको पनि प्रदान गर्दछ।

रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एक्सेसरीहरूले यस ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्दछ।

रेड्मी प्याड एसई ८.७ ४जीः सानो आकार, शक्तिशाली मनोरञ्जन
रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ जसले गर्दा यो एक हातले नै सजिलै चलाउन मिल्छ। यसमा ८४.४१ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ जसले उज्यालो घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ।

मीडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटले प्रयोगकर्ताको हरेक कार्यलाई स्मूथ बनाउँछ। यसमा ६ जीबीको र्याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउँछ। ६,६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ।

यसको स्कृन टियुभी रेइनल्यान्ड आई कम्फर्ट सर्टिफाइड छ जसले गर्दा यो ट्याब्लेटको लामो प्रयोगमा पनि आँखा थकान कम गराउँछ। १२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ।

बजार उपलब्धता
रेड्मी प्याड प्रो ५जी
रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रंगमा तथा उपलब्ध रहेको छ भने ६जीबी + १२८जीबीको मूल्य रु. ३९,९९९ र ८जीबी + २५६जीबीको मूल्य रु ४४,९९९ हो।

रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड
रेड्मी स्मार्ट पेनको मूल्य रु. ६,४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६,४९९ मूल्यमा उपलब्ध रहेको छ।

रेड्मी प्याड एसई ८.७ ४जी
रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९,९९९ रहेको छ।

यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad