साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा साविक विजेता बंगालदेशले भारतविरुद्ध अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार खेलको पहिलो हाफ सकिँदा बंगलादेशले भारतविरुद्ध ३–१ को अग्रता बनाएको हो।
पहिलो हाफको १८ औँ मिनेटमा अफिदा खन्डाकरको गोलमा बंगलादेशले सुरुवाती अग्रता बनाएको थियो। कप्तान सविना खातुनको कर्नरमा गोलरक्षकले पन्च गरेको बललाई अफिदाले सेकेण्डबार बाट गोल गरेकी थिईन्।
खेलको २६ औँ मिनेटमा रितु पुर्णा चक्माका प्रहर क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेशले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो।
खेलको १९ औँ मिनेटमा रितुको लामो क्रसमा तोहुरा खातुनले पहिलो बारको नजिकबाट उत्कृष्ट फिनिसिङ दिईन्।
खेलको ३६ औँ मिनेटमा भारतले अग्रता कम गर्ने सुन्दर मौका खेर फाल्यो। भारतकी रन्जना चानुको क्रसमा कप्तान बालादेवीले गोललाईनबाट गरेको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्मा चक्माले क्लीयर गरिन्।
३८ औँ मिनेटमा मनिषाको फ्रिकीक प्रहार क्रसबारमा लाग्दै बाहिरियो। खेलको ४२ औँ मिनेटमा सामसुनाहारको ब्याक पासमा तोहुरा खातुनको गोलमा बंगलादेशले ३–० को फराकिलो अग्रता बनायो।
लगत्तै डालिमा छब्बरको क्रसलाई बंगलादेशकी गोलरक्षकले पन्च गर्दै जोगाएपनि त्यसकै रिबाउण्डमा भारतकी कप्तान बालादेवी हेडर गोल गरिन्।
Shares

प्रतिक्रिया