खेल


युरोपेली च्याम्पियन्स लिग: रियल म्याड्रिडको सानदार जित

युरोपेली च्याम्पियन्स लिग: रियल म्याड्रिडको सानदार जित

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार ९:१३, काठमाडौँ

भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ। 

गएराति भएको खेलमा रियलले बोरुसिया डर्टमन्डलाई ५–२ गोल अन्तरले पाखा लगाएको हो।  खेलको पहिलो हाफमा २–० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। 

पहिलो हाफको ३० औँ मिनेटमा डनयेल मालेनको गोलमा डर्टमन्डले सुरुवाती अग्रता बनाएको थियो। त्यसको चार मिनेट पछि नै जेमी गिटेन्सको गोलमा डर्टमन्डले २–० ले अग्रता बनायो।  तर खेलको ६० औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा रियल खेलमा फर्कने संकेत गरेको थियो। 

त्यसको दुई मिनेटमा नै भिनिसियसले बराबरी गोल फर्काएसँगै रियल खेलमा फर्कियो। ८३ औँ मिनेटमा लुकास भाजक्वेजको गोलमा रियलले खेलमा ३–२ को अग्रता बनायो।

८६ औँ मिनेटमा भिनियसले व्यक्तीगत दोस्रो गोल थपे। इन्ज्युरी समयमा तेस्रो मिनेटमा भिनिसियसले ह्याट्रिक पूरा गर्दा रियलले ५–२ को फराकिलो जित दर्ता गर्यो। 

गएराति नै भएको खेलमा जिरोनाले स्लोभा ब्राटिस्लाभलाई २–० ले हराउँदै च्याम्पियन्स लिग कै पहिलो जित दर्ता गरेको छ। 

अर्को खेलमा आर्सनलले साख्तर डोनेस्कलाई १–० ले हरायो। एष्टान भिल्लाले बोलोग्नालाई तथा स्पोर्टिङ सीपीले स्टर्म ग्राजलाई समान २–० गोल अन्तरले पाखा लगाए। 

युभेन्टस भने स्टुटगार्टसँग १–० ले पराजित हुन पुग्यो। पेरिस सेन्ट जर्मेन (पीएसजी) भने पीएसभी आयनहोभनसँग १–१ को बराबरीमा रोकियो। अर्को खेलमा एसी मिलानले क्लब ब्रुगलाई ३–१ हराउँदा  मोनाकोले रेडस्टार बेलग्रेडमाथि ५–१ को फराकिलो जित निकाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad