अमेरिकाका पूर्वराष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ।
उजुरीमा लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका आएको दाबी गरिएको छ।
यसले लेबर पार्टीलाई ह्यारिस-वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’गरेको आरोप लगाएको छ।
कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् भने डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन्।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको बीबीसीले जनाएको छ।
तर लेबर पार्टीले यो आरोपमा कुनै आधिकारिक प्रतिक्रिया जारी गरेको छैन।
Shares

प्रतिक्रिया