साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध घरेलु टोली नेपालले पहिलो हाफमा नै फराकिलो अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा नेपालले ४–० को अग्रता बनाएको छ।
नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर र प्रिती राईले समान एक गोल गरे।
पहिलो हाफको छैटो मिनेटमा सविता रानाको कर्नरमा प्रिती राईको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। त्यसअघि चौथो मिनेटमा विमला चौधरीको कर्नरमा रेखा पौडेलको हेडर बाहिरियो।
नवौँ मिनेटमा अमृता जैसीको फ्रिकीक प्रहार पहिलो बारमा लाग्दै बाहिरियो।
११ औँ मिनेटमा विमला चौधरीको लामो प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो।
२५ औँ मिनेटमा रेखा पौडेको पासमा रश्मी कुमारी घिसिङको हेडर प्रहार मालदिभ्सकी गोलरक्षक अमिना हिजालाई लाग्दै फर्कियो।
२८ औँ मिनेटमा विमला चौधरीको प्रहार क्रसबारको माथिबाट आकाशियो। खेलको २९ औँ मिनेटमा सविता रानामगरको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।
खेलको ३२ औँ मिनेटमा रश्मी कुमारी घिसिङको क्रसमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनायो।
३६ औँ मिनेटमा सविताको पासमा रश्मीको प्रहार आकाशियो। ३८ औँ मिनेटमा विमला चौधरीको फ्रिकीक क्रसबारमा लाग्दा नेपालले फराकिलो अग्रताको सुन्दर मौका गुमाउन पुग्यो।
खेलको ४२ औँ मिनेटमा रेखा पौडेलले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को फराकिलो अग्रता बनायो।
पहिलो हाफको इन्ज्युरी समयमा कप्तान रेनुका नगरकोटेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।
Shares

प्रतिक्रिया