राजनीति


आफ्नै बुद्धि कमजोर भएर एमालेभन्दा बाहिर बसेँ : वामदेव गौतम

आफ्नै बुद्धि कमजोर भएर एमालेभन्दा बाहिर बसेँ : वामदेव गौतम

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १८:२९, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन्।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन्।

उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए।

उनले भने, ‘नेकपा (एमाले) आजपनि मैले निर्माण गरेको ७५ प्रतिशत छ। ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो। मेरै बुद्धि अलि कमजोर भयो त्यसो भएर बाहिर बसियो। मेरो ज्ञान, अनुभवले मैले बोलिरहेको हुन्छु। म सिद्धान्त भन्दा बाहिर बोल्दिन।’

उनले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफूले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए।

नेता गौतमले आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको गुनासो गरे। उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे।

राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताए। उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राखे।

उनले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताए।

क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने गौतमको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad