खेल


माल्दिभ्सविरुद्धको खेलमा नेपालका ५ खेलाडी परिवर्तन, साम्बा पनि बेन्चमा

माल्दिभ्सविरुद्धको खेलमा नेपालका ५ खेलाडी परिवर्तन, साम्बा पनि बेन्चमा

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १६:५२, काठमाडौँ

साफ महिला च्यामिपयनसिप अन्तर्गत मालदिभ्सविरुद्धको खेलमा सुरुवाती ११ सार्वजनिक भएको छ। 

भुटानविरुद्धको खेलबाट टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पाँच खेलाडी परिवर्तन गरेका छन्। 

टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा बेन्चमा छिन्। उनी साफका लागि गएराति मात्र नेपाल आइपुगेकी थिइन्। 

आजको खेलमा टोलीको कप्तानी रेनुका नगरकोटेले गर्नेछिन्। अघिल्लो खेलमा रहेका गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, हिरा कुमारी भुजेल, पुजा राना, अमृता जैसी र अमिसा कार्की बेन्चमा छन्। अघिल्लो खेलमा चोट बोकेकी हिराले साफ च्याम्पियनसिप गुमाएकी छिन्। 

नेपालको गोलपोष्ट अन्जना रानामगरले सम्हाल्नेछिन्। उनीहरुको स्थानमा अन्जना राना मगर, रेखा पौडेल, विमला विक, विमला चौधरी र निसा थोकरले सुरुवाती ११ मा स्थान बनाएका छन्।

आजै भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको थियो।

समूह चरणमा नेपालको एक अंक छ। अंकविहीन माल्दिभ्स भने तालिकाको पुछारमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad