उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङटन डीसीतर्फ जाँदै छन्।
अर्थ मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख धनिराम शर्मासहित उनी बैठकमा भाग लिन जान लागेका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार डीसी र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने उनको सचिवालयले जनाएको छ।
पौडेल कात्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ।
45
Shares

प्रतिक्रिया