कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा नेपालले दोस्रो टी-२० आई खेलमा घरेलु टोली अमेरिकासामु १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको योगदान दिए।
३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के।
अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे।
गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए। आशिफ शेख १ रनमा रनआउट भए।
अमेरिकाका लागि नोतुस र जसदीप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे।
नेपालले पहिलो टी-२० आई खेलमा १७ रनको जित निकालेको थियो। नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।
तीन खेलको सिरिजमा नेपाल आजको खेलमा अमेरिकालाई हराउँदै एक खेलअगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
उता अमेरिका भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली हाल अमेरिका भ्रमणमा छ।
Shares

प्रतिक्रिया